काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुने बैंकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले खेलप्रेमीहरूलाई खेलकुद, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने अपेक्षा बैंकले गरेको छ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा होल इन वान गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, अन्य विधाका विजेताहरूलाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तित्वहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। साथै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरिसकेको छ।
