काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मनिष कुमार मिश्रले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मिश्रले यस पर्वले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र खुसीको नयाँ उज्यालो छर्ने विश्वास व्यक्त गरेका छन् ।
अन्धकारमाथि प्रकाश, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको प्रतीकका रूपमा रहेको दीपावलीले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उनले बताएका छन् ।
मिश्रले सबैको घरआँगनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलित होस् भन्दै देशमा सुशासन, विकास, समृद्धि र सकारात्मक परिवर्तनको नयाँ उज्यालो फैलियोस् भन्ने कामनासमेत गरेका छन् ।
मिश्र सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का नेता हुन् ।

