काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी यसअघि बैंकमा नायब महाप्रबन्धक पदमा कार्यरत थिए।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव हासिल गरेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका हुन्। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।
लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए।
अकेलाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
Previous Articleगगन थापा कांग्रेस सभापतिमा निर्विरोध निर्वाचित
Next Article स्क्रिनको संसारमा हराउँदै गएको मानवीय चेतना

