काठमाडौं ।
भारतका लागि नेपाली राजदूतका रूपमा निश्चलनाथ पाण्डेको नाम प्रस्ताव गरिएको छ। पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका पुत्र हुन्।
पाण्डे करिब २१ वर्षअघि नै कूटनीतिक जिम्मेवारीमा ल्याउने प्रयास भएको विषय पुनः चर्चामा आएको छ। तत्कालीन समयमा उनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को निर्देशकका रूपमा नियुक्त गर्न उनका पिता तथा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जोड दिएको समाचार सार्वजनिक भएको थियो।
सार्कको निर्देशक पदमा सामान्यतः करिअर कूटनीतिज्ञहरूलाई जिम्मेवारी दिइँदै आएको अवस्थामा पाण्डेलाई नियुक्त गर्न गरिएको प्रयासबारे त्यसबेला प्रश्न उठेको थियो। उक्त प्रयास सफल हुन नसके पनि अहिले २१ वर्षपछि उनी भारतका लागि नेपाली राजदूतका रूपमा प्रस्तावित भएका छन्।
पाण्डेको प्रस्तावित नियुक्तिलाई लिएर उनको विगतको कूटनीतिक पृष्ठभूमि तथा पारिवारिक सम्बन्धसमेत चर्चामा आएको छ।

