हिमाली क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालबाट सम्भावित विपद् रोक्न नेपालले चारवटा हिमतालको पानीको मात्रा घटाउने काम अघि बढाएको छ।
जलवायु परिवर्तनसँगै हिमतालको आकार बढ्दै जाँदा कुनै पनि समयमा बाँध फुटेर तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने जोखिम रहन्छ। त्यसैले जोखिमयुक्त तालको नियमित निगरानीसँगै पानीको सतह घटाउने र पूर्वसूचना प्रणाली बलियो बनाउने काम आवश्यक भएको वैज्ञानिकहरूको भनाइ छ।
तर विज्ञहरूले केवल पानी घटाउने कामले मात्र जोखिम पूर्ण रूपमा हटाउन नसकिने भन्दै दीर्घकालीन वैज्ञानिक निगरानी र जोखिमयुक्त क्षेत्रमा सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन्।

