काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशका संयोजक कमरेड सरल सहयात्रीले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएका सहयात्रीलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले हार्दिक बधाई तथा सफल र सार्थक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पार्टीले उहाँको राजनीतिक योगदान, क्षमता, अनुभव र जिम्मेवारी निर्वाह गर्ने योग्यताको सही मूल्यांकन गर्दै महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको भन्दै शुभेच्छुकहरूले खुसी व्यक्त गरेका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा बागमती प्रदेशको आर्थिक विकास, बजेट कार्यान्वयन, योजना निर्माण तथा जनमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन उहाँको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

