काठमाडौं । लगातार भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती र विष्णुमती नदीमा पानीको बहाव बढेको छ। नदी आसपासका क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित निकायले नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक रूपमा नजान आग्रह गरेका छन्। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।
नदी आसपास बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई जोखिमपूर्ण क्षेत्रमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
वर्षा जारी रहेकाले बागमती र विष्णुमतीसँगै उपत्यकाका अन्य नदी तथा खोलामा समेत पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

