काठमाडौँ, असोज २ गते।
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

