काठमाडौं ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेल (सुरुङ) बाट शनिबार एकजना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाबाट आएको डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा शनिबार दिउँसो उनलाई सुरुङबाट उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपाली सेना र विदेशी विज्ञ टोली परिचालन गरिएको थियो। उद्धार गरिएका चिनियाँ नागरिकको अवस्था तथा थप विवरण भने सार्वजनिक हुन बाँकी छ।
घटनास्थलमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको जनाइएको छ।

