काठमाडौँ — नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पाण्डेको काठमाडौंको विशालगरस्थित निवासमा शुक्रबार साँझ निधन भएको हो ।
डाक्टर अनुप सुवेदीका अनुसार उनी प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।
राजनीतिक दलसँगको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै पाण्डेले ०६२ सालमा नागरिक समाजका तर्फबाट आन्दोलनको अगुवाई गरेका थिए ।
उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत भएका थिए । अर्थविद्का रुपमा उनले त्यसबेला अर्थतन्त्रमा सुधारको प्रयास गरेका थिए ।
पाण्डेकी एक छोरी छिन् ।

