काठमाडौं, कात्तिक १७ गते ।
नेतृ कमरेड उमा भुजेलले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच पार्टी एकता घोषणा भएको छ।
काठमाडौंको पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित एकता घोषणासभामार्फत दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको हो।
एकता घोषणासभामा दुवै पार्टीबीच भएको एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक कमरेड माधवकुमार नेपाल तथा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव कमरेड उमा भुजेलले हस्ताक्षर गर्नुभएको छ।
हस्ताक्षरसँगै दुई पार्टीबीचको एकता प्रक्रियाले औपचारिकता पाएको छ। यस एकताले कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध, संगठित र सुदृढ बनाउँदै समाजवादी रूपान्तरणको अभियानलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

