मध्यपूर्वमा अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा देखिन थालेको छ। मंगलबार Brent crude को मूल्य करिब ९७.४९ डलर प्रतिब्यारेल पुगेको छ भने अमेरिकी WTI करिब ९२.९२ डलर पुगेको छ।
इरानले महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग आइल्यान्ड वरिपरि भएको अमेरिकी कारबाहीको प्रतिशोध गर्ने चेतावनी दिएको छ। साथै Strait of Hormuz हुँदै हुने तेल ढुवानीमा समेत अवरोधको जोखिम बढेको छ।
यदि तनाव लामो समय जारी रह्यो भने तेलको मूल्य उच्च रहन सक्ने र त्यसको प्रभाव विश्वभरका इन्धन तथा ढुवानी लागतमा पर्न सक्ने विश्लेषण गरिएको छ।

