काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको नाम अनुमोदन गरेको छ।
समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन भएको हो।
अनुमोदित राजदूतहरूको सूची
१. भारत — डा. निश्चलनाथ पाण्डे
२. चीन — कल्याणराज शर्मा
३. अमेरिका — चिरनजंग थापा
४. बेलायत — गौरवशमशेर जबरा
५. जर्मनी — सरु जोशी
६. इजरायल — सुरेशकुमार कर्ण
७. ओमान — पद्माक्षी राणा
८. दक्षिण कोरिया — संगम श्रेष्ठ
९. स्पेन — प्राप्ति शेरचन
१०. श्रीलंका — डा. मञ्चला झा
यसैबीच, संसदीय सुनुवाइ समितिले मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतहरूबारे निर्णय गर्न बाँकी रहेको जनाएको छ। ती देशका लागि क्रमशः चूडामणि खरेल, जिज्ञानकुमार थापा र गिरिबहादुर सुनारको नाम प्रस्ताव गरिएको छ।

