काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको कारण र अवस्थाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
समितिलाई घटनाको विस्तृत अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। समितिले बसमा आगलागी हुनुको कारण, घटनाको अवस्था तथा आगलागीसँग सम्बन्धित अन्य विषयमा अध्ययन गर्नेछ।
रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरिएको हो। समितिले घटनास्थलको अवस्था, उपलब्ध प्रमाण तथा सम्बन्धित पक्षसँग आवश्यक जानकारी लिएर प्रतिवेदन तयार गर्नेछ।
प्रहरीले छानबिन समितिको प्रतिवेदनपछि आगलागीको कारण र घटनासँग सम्बन्धित थप तथ्य स्पष्ट हुने जनाएको छ।

