काठमाडाैं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
गतसाता मात्रै पार्टी सभापति गगन थापाले नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।

