मध्यपुर ठिमी भक्तपुर
स्क्र्याबल क्लब अफ भक्तपुरको आयोजनामा यही २०८३ असोज ४ गते भएको भक्तपुर जिल्ला स्क्र्याबल च्याम्पियनसिपमा मध्यपुर थिमी स्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका मेधावी एवं प्रतिभावान छात्र तुलज प्रजापति जिल्ला च्याम्पियन एवं सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन्। क्रिएटिभ लर्नर्स एकेडेमी ठिमी आयोजक रहेको र मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारी प्रमुख अतिथि रहेको उक्त जिल्ला च्याम्पियनसिपमा १० वटा विद्यालयका दुई दुई जना विद्यालय च्याम्पियन गरी जम्मा २० जना विद्यार्थीहरु खेलाडीका रुपमा रहेका र चारवटा विद्यालयबाट पर्यवेक्षकको रुपमा विद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरू सहभागी रहेका थिए ।भक्तपुर जिल्लाका जिल्ला संयोजक प्रेमप्रसाद निरौलाको संयोजक तथा क्रिएटिभ लर्नर्स एकेडेमीका प्रिन्सिपल कृष्णहरि घवा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर प्याब्सनका उपाध्यक्ष बुद्धरत्न बाँडे, एडभान्स एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापति तथा गोल्डेन गेट इङ्लिस स्कुलका प्रिन्सिपल एवं पूर्व जिल्ला संयोजक सिंह लामा अतिथिको रुपमा रहनुभएको थियो। जम्मा पाँच चरणमा आयोजित उक्त कार्यक्रममा भक्तपुर जिल्लाबाट ८ जना विद्यार्थीहरु यही कार्तिक १३,१४ र १५ गते बुटवलको एपेक्स स्कुलमा आयोजना हुन गइरहेको राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट हुन सफल भएका छन्। जसमा विनायक शिक्षा निकेतनबाट तुलज प्रजापति र सागर दुलाल, अरुणोदय ई,स्कुलबाट सुलभ प्रजापति , गोल्डेन गेट ई. स्कुलबाट विविधा तामाङ र समृद्धि कासुला, माउन्ट भ्यु ई. स्कुलबाट अमित लामिछाने,नवरत्न लाइफ स्कुलबाट दीपदर्शन पौडेल एवं क्रिएटिभ लर्नर्स एकेडेमीबाट विवेक बराल रहेका छन् ।कार्यक्रममा छनौट हुन सफल विद्यार्थीहरूलाई आयोजक विद्यालयका प्रिन्सिपल कृष्णहरी घवा श्रेष्ठबाट प्रमाणपत्र प्रदान गरिएको थियो भने २०८४ को जिल्ला च्याम्पियनसिप आयोजक विद्यालय लर्डबुद्ध एकेडेमीलाई स्क्र्याबल क्लब अफ भक्तपुरको झण्डा समेत हस्तान्तरण गरिएको थियो।

