काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा उत्रिएको नेपाल ४४.४ ओभरमै १५७ रनमा समेटियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुल्शन झाले २९ तथा दीपेन्द्र सिंह ऐरीले २१ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो स्कोर बनाउन असफल भयो।
नेपालको इनिङ्समा तीन जना ब्याट्सम्यानले मात्र २० रनभन्दा बढी बनाउन सके भने पाँच जना ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न सकेनन्। अब जितका लागि नेदरल्यान्ड्सले १५८ रनको लक्ष्य पछ्याउनेछ।

