काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरालाई पक्राउ गरिएको नभई सुरक्षाको कारण कार्यालयमा ल्याइएको थियो। कार्यालयको टोलीले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु ल्याएको थियो।
जबरालाई नियन्त्रणमा लिएपछि उनको सुरक्षासम्बन्धी अवस्थाबारे प्रहरीले आवश्यक समन्वय गरेको जनाएको छ। आइतबार दिउँसो उनलाई कार्यालयबाट मुक्त गरिएको हो।
पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ गते तत्कालीन प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसपछि उनी लामो समय न्यायिक तथा राजनीतिक चर्चाको केन्द्रमा रहेका थिए।

