काठमाडौं ।
आज (बिहीबार) बिहानको मापनअनुसार देशका प्रमुख नदी तथा सहायक नदीहरूको बहाब हाल सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब पनि सतर्कता तहभन्दा तल रहेको छ।
यद्यपि, पछिल्लो समय वर्षा भइरहेकाले नदीहरूको बहाब क्रमशः बढ्दै जान सक्ने महाशाखाले जनाएको छ। वर्षाको मात्रा र निरन्तरताका आधारमा नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
महाशाखाले नदीको बहाब र वर्षाको अवस्थाबारे नियमित अनुगमन भइरहेको जनाएको छ।

