काठमाडौं।
मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ। बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड हासिल गरेको हो।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युयर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युयर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ।
फोनपे डाइरेक्ट भोल्युम (इस्युयर) विधामा बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण भएको आधारमा बैंक सम्मानित भएको हो। त्यसैगरी, फोनपे क्यूआर भोल्युम (इस्युयर) विधामा मोबाइल एपमार्फत क्यूआर प्रयोग गरी सबैभन्दा धेरै भुक्तानी भएको आधारमा अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।
यसैगरी, फोनपे क्यूआर भोल्युम (एक्वायरर) विधामा बैंकसँग आबद्ध क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा बैंकले अवार्ड हासिल गरेको हो।

