काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखा प्रबन्धक बिनेश कार्की, बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको पठनपाठन र सिकाइ प्रक्रियामा सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।
बैंकिङ सेवा प्रवाहसँगै शिक्षा, सामाजिक विकास र समुदायको आवश्यकतालाई प्राथमिकता दिँदै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।

