काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलले बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
लगातारको वर्षासँगै नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रजिअ पौडेलले नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले बागमती नदीको बहाव, नदी किनारको वर्तमान अवस्था तथा आसपासका बस्ती र संरचनामा पर्न सक्ने सम्भावित जोखिमबारे जानकारी लिएका थिए।
पौडेलले सुरक्षा निकायका अधिकारीहरूसँग समेत जोखिमयुक्त क्षेत्रको अवस्था र सम्भावित जोखिम न्यूनीकरणका उपायबारे जानकारी लिएका छन्।
