काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपकुलपति खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।
अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिलाई पदमुक्त गर्ने व्यवस्था लागू भएपछि रिक्त रहेको पदमा खतिवडालाई नियुक्त गरिएको हो। नयाँ नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वले निरन्तरता पाएको छ।

