काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ स्थित सेरम–दवाङ लेकमार्ग क्षेत्रमा गाईबाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आइतबार फेला परेको हो।
प्रहरीले दुवै जनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको जनाएको छ।
उक्त घटनामा परी ६० वर्षीय कुले घर्तीमगर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

