काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले अमित कुमार कयाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कयालले साउन ४ गतेदेखि २८ गतेसम्म, अर्थात् २४ दिनका लागि कामु सीईओको जिम्मेवारी सम्हाल्नेछन्। उक्त अवधिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त रहने भएकाले उनलाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
बीमा ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कम्पनीका दैनिक प्रशासनिक तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालन गर्ने अधिकारसहित कयाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरिएको हो।
कयाल हाल नेपाल लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत छन्।

