काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा सम्पन्न हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजत पदक दिलाएकी छन्।
चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा आयोजित प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण तथा क्योरुगी विधामा रजत पदक जितिन्।
पुम्से विधाको फाइनलमा थाइल्यान्ड र चीनका खेलाडीलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारिन्। यस्तै, क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक फाइनलमा थाइल्यान्डसँग पराजित भएपछि उनी रजत पदकमा सीमित भइन्।
प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो।

