विनाशकारी बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार क्षति अर्बौँ अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरिएको छ।
बाढीबाट प्रभावित हजारौँ परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा घर पुनर्निर्माण, सडक तथा पुल निर्माण र विद्युत् पूर्वाधार पुनःस्थापना गर्नुपर्ने चुनौती सरकारसामु छ।
विशेषज्ञहरूले उद्धार सकिएपछि पनि नेपालका लागि पुनर्निर्माण र पुनःस्थापना लामो तथा महँगो प्रक्रिया हुने बताएका छन्।

