काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ।
मंगलबार आयोजित बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले साउन १ गतेदेखि बचतकर्ताले अनलाइन प्रणालीमार्फत उजुरी दर्ता गर्न सक्ने जानकारी दिइन्।
उनका अनुसार प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरी योग्य बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने पौडेलले बताईन् ।
मन्त्री पौडेलले समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने अभियानलाई सरकारले निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

