दशैँको हार्दिक शुभकामना ! जनहितमा जारी सूचना पालना गरौँ
नेपालीहरूको महान् चाड बडादशैँ, २०८३ को पावन अवसरमा ककनी गाउँपालिकाका सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
दशैँको यस पावन अवसरमा आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र मेलमिलाप कायम राख्दै सभ्य, सुरक्षित र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौँ। साथै, ककनी गाउँपालिकाद्वारा जारी जनहितमा जारी सूचनाअनुसार देहायका विषयमा सबैले ध्यान दिनुहुन अनुरोध छ।
व्यक्तिगत घटना (जन्म, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ) सम्बन्धित वडा कार्यालयमा ३५ दिनभित्र दर्ता गरौँ।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा असक्त नागरिकप्रति जिम्मेवार बनौँ।
आफ्नो वरपरका गाउँ तथा टोलमा भएका विकास निर्माणका कामको निगरानी गरौँ।
मालपोतलगायत दस्तुर समयमै बुझाई जिम्मेवार नागरिक बनौँ।
विद्यालय जाने उमेरका बालबालिकालाई काममा होइन, विद्यालय पठाऔँ।
सार्वजनिक स्थल, नदी तथा खोलानालामा फोहोर नगरौँ र ढल विसर्जनका लागि उचित व्यवस्थापन गरौँ।
हाम्रो प्रतिबद्धता: स्वच्छ गाउँ, सभ्य समाज र समृद्ध ककनी।

