काठमाडौँ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रोपटक फिफा विश्वकप–२०२६ को उपाधि जितेको स्पेनले व्यक्तिगत अवार्डतर्फ पनि वर्चस्व कायम गरेको छ।
स्पेनका कप्तान रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्डबाट सम्मानित भएका छन्। अर्जेन्टिनाविरुद्धको फाइनलपछि सोमबार उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। रोड्रीको नेतृत्वमा स्पेनले रोमाञ्चक फाइनल जित्दै दोस्रो विश्वकप उपाधि आफ्नो पोल्टामा पारेको हो।
यस्तै, स्पेनका पाउ क्युबार्सी उत्कृष्ट युवा खेलाडी घोषित हुँदै युवा खेलाडी पुरस्कार जित्न सफल भए।
स्पेनकै गोलरक्षक उनाई सिमोनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन ग्लोभ अवार्ड हात पारे।

