काठमाडौं । सिरहाको लाहानमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले अपरेशनका क्रममा गोली प्रहार गर्दै ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँच जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन्। उनीहरू लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

