काठमाडौँ । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री सार्वजनिक गर्ने युवक समिर थापा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय थापालाई साउन १३ गते राति पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। प्रहरी नायव निरीक्षक कविन्द्र सिंह बोहराका अनुसार थापाले सामाजिक सञ्जालमा आम नागरिकमा भ्रम फैलाउने, धार्मिक आस्थामा असर पुग्ने तथा अनावश्यक विवाद सिर्जना गर्ने उद्देश्यका सामग्री सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो।
यसैबीच, बुधबार एक महिलामाथि अमानवीय ढंगले कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि थापामाथि कानुनी कारबाही गर्न सर्वसाधारणले व्यापक दबाब दिएका थिए। प्रहरीले ती घटनासमेत अनुसन्धानको दायरामा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
२४ बर्षीय युवक समिरले आफूलाई महिलाको भेष धारण गरि पाथिभरा माताको नामले चिनाउँदै आएका थिए ।

