काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा थियो। यद्यपि, जेठ ७ गते डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो, जुन हालको भन्दा उच्च हो।
युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा तोकिएको छ। त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमार्फत हेर्न सकिनेछ।

