काठमाडौं । उद्योगपति एवम् व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्।
मंगलबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। दुवै कसुरबापतको एक करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि उनी मंगलबार नै रिहा भएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई गत वैशाख १० गते पक्राउ गरेको थियो।

