काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार प्रतियोगिता आगामी असोज ३ गते काठमाडौंको सामाखुसी फुटसलमा हुनेछ। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको सहभागिता रहनेछ।
बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाल इन्स्योरेन्सले ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

