काठमाडाैं- एनआइसी एशिया क्यापिटल लिमिटेडले लाभांश पारितको प्रस्तावसहित आठौं वार्षिक साधारणसभा डाकेको छ ।
सभा, भदौ १५ गते कम्पनीको रजिस्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८०\0 ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा सो अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । सभाले चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित)का दरले हुन आउने १० करोड ५० लाख ६० हजार रुपियाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

