काठमाडौं । पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ ।
सर्लाहीका २५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनले घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
उपचारकै क्रममा सोमबार राति १२ बजे काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको निधन भएको हो ।

