काठमाडौं । नेपाली क्रिकेट टोलीले ACC Men’s Premier Cup 2026 मा लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित Bayuemas Cricket Oval मा आइतबार भएको खेलमा नेपालले साउदी अरबलाई ५ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको साउदी अरबले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो। साउदीका अब्दुल वाहिदले ७७ रन बनाएर टोलीको इनिङ्स सम्हालेका थिए।
१९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमै १९३ रन बनाएर खेल आफ्नो पक्षमा पार्यो।
नेपालको जितमा गुलशन झाले महत्वपूर्ण योगदान दिए। उनले ३५ बलमा अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल पनि ३७ बलमा २४ रन बनाएर नटआउट रहे।
बलिङतर्फ नेपाली स्पिनरहरूले साउदीको मध्य तथा तल्लो क्रमलाई दबाबमा राखे। कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए।
बहराइन र मलेसियाविरुद्धको जितपछि साउदी अरबलाई हराउँदै नेपालले लगातार तेस्रो जित हात पारेको हो। नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

