काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट-२०२६ अन्तर्गत विकास बैंक समूहतर्फ प्रतिष्ठित डेभलपमेन्ट बैंक अफ द इयर-२०२६अवार्डबाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनले बिहीबार होटल र्याडिसनमा आयोजना गरेको कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको १८औँ संस्करणमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।

अवार्ड वितरण समारोहमा विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकले प्राप्त गरेको यो सम्मानलाई संस्थाको व्यवसायिक उत्कृष्टता, सेवाको गुणस्तर तथा वित्तीय क्षेत्रमा पुर्याएको योगदानको कदरका रूपमा हेरिएको छ।

