काठमाडौं । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री तथा एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
आज बिहान शाक्यलाई अचानक समस्या देखिएपछि तत्काल पाटन अस्पताल पुर्याइएको परिवारले जनाएको छ । अहिले नेत्री शाक्यको अवस्था सामान्य रहेको र केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।
एमाले पूर्व उपाध्यक्ष शाक्य अहिले सक्रिय राजनीतिबाट टाढा छिन् । जेनजी आन्दोलन पछि युवालाई अवसर दिनुपर्ने भन्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् ।

