काठमाडौं । नेपाल सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्ष नियुक्त गरेका हुन् ।
अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि रिक्त उक्त पदमा पूर्वाधार विज्ञ थापालाई नियुक्त गरिएको हो । नेपाल सरकारका पूर्वसचिवसम्म रहेका थाहा काठमाण्डौ महानगरपालिकाको मेयरमा समेत उमेदवार थिए ।
त्यस्तै सरकारले त्रिवि आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ।
#किशोर थापा #त्रिवि सेवा आयोग

