काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाले मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
निर्वाचन समितिका अनुसार शुक्रबार मध्यराति सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति टुंगो लगाइएको हो। संस्थाको विधानअनुसार डाँगी स्वतः अध्यक्ष बनेका हुन्।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य तथा हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्।
महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।।
कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। उक्त प्रतिस्पर्धामा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

