काठमाडौँ । नेपाली बजारमा आज अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। अमेरिकी डलर, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा गिरावट आएको छ भने युरोको भाउ भने बढेको छ। अघिल्लो दिन यी प्रमुख मुद्राको मूल्य बढेको थियो।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा तोकेको छ। हिजो डलरको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा रहेको थियो।
राष्ट्र बैंकका अनुसार यही जेठ ७ गते अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो।
युरोको मूल्य भने आज बढेको छ। आज युरो १ को खरिददर १७६ रुपैयाँ ५० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८० पैसा कायम गरिएको छ। हिजो युरोको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा थियो।
पाउन्ड स्ट्रलिङ १ को खरिददर आज २०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा थियो।
त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा तोकिएको छ। हिजो यसको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा रहेको थियो।
कुवेती दिनार १ को खरिददर आज ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा कायम भएको छ। हिजो यसको खरिददर ४९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ६६ पैसा थियो।
बहराइन दिनारको विनिमयदर पनि घटेको छ। आज १ बहराइन दिनारको खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा तोकिएको छ। अघिल्लो दिन खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा रहेको थियो।
राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक पर्न सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।

