काठमाडौं, साउन १
नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य अम्बिका वाईवाले साउने संक्रान्ति २०८३ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन आह्वान गरेकी छन्।
शुभकामना सन्देशमा वाईवाले नेपाल भौगोलिक विविधतासँगै भाषा, संस्कृति,२०८३ परम्परा र सभ्यताको दृष्टिले पनि अत्यन्त समृद्ध राष्ट्र भएको उल्लेख गर्दै साउने संक्रान्तिजस्ता मौलिक चाडपर्वहरूले जनसमुदायबीच सहकार्य, मेलमिलाप र सहिष्णुताको भावना विकास गर्ने बताइन्।
उनले प्रकृति र श्रमसँग जोडिएको साउने संक्रान्तिले नेपाली समाजमा सुख, समृद्धि, आरोग्यता र सकारात्मक चेतनाको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता सांस्कृतिक पर्वहरूलाई केवल औपचारिक उत्सवका रूपमा होइन, सामाजिक रूपान्तरण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक आत्मनिर्भरताको आधारका रूपमा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरिन्।
वाईवाले नेपाली समाजको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको रक्षा गर्दै समानता, सामाजिक न्याय र जनपक्षीय विकासको दिशामा अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरिन्। उनले सबै समुदायबीचको आपसी विश्वास, भाइचारा र एकतालाई अझ मजबुत बनाउँदै समतामूलक र समृद्ध नेपालको निर्माणमा सबैले साझा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन्।
उनले साउने संक्रान्तिले सम्पूर्ण नेपालीमा नयाँ ऊर्जा, उत्साह र प्रगतिशील चेतना जागृत गर्दै न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माणको अभियानलाई थप बल पुगोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

