काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुल नजिक पासाङल्हामु सडकखण्डमा शनिबार साँझ ‘अन टेस्ट’ ईभी भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
प्रहरीका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ‘अन टेस्ट’ भ्यान साँझ करिब पौने ६ बजे सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनासँगै भ्यानका चालक पनि बेपत्ता भएका छन्। चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषयसमेत यकिन हुन नसकेको प्रहरीले जनाएको छ। बेपत्ता चालक तथा भ्यानको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

