मोरङ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका सूचना अधिकारी लेखप्रसाद आचार्यका अनुसार सवारी साधन करबाट सबैभन्दा बढी ३८ करोड ५२ लाख ७९ हजार ४८२ रुपैयाँ राजस्व उठेको छ। त्यसपछि चालक अनुमति पत्र (लाइसेन्स) प्रदानबाट ८ करोड ५३ लाख ३३ हजार ४७५ रुपैयाँ सङ्कलन भएको छ।
यस्तै, रुट परमिटबाट १ करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, अन्य सेवा शुल्कबाट ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय दर्ता दस्तुरबाट १ लाख २८ हजार ३०० रुपैयाँ तथा दण्ड, जरिवाना र जफतबाट १ लाख ३ हजार १०० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

