काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा एक लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सोमबार उनी रिहा भएका हुन्।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियारले महराविरुद्ध मुद्दा दर्ता गरेको थियो। अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भएका छन्।

