काठमाडौँ । किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।
यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।

