काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारको भाउ घटेको छ। यद्यपि अस्ट्रेलियन डलरलगायत केही विदेशी मुद्राको मूल्य भने बढेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ। शुक्रबार यो क्रमशः १५२ रुपैयाँ ३३ पैसा र १५२ रुपैयाँ ९३ पैसा थियो। गत जेठ ७ गते अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर भने सामान्य वृद्धि भएको छ। यसको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा तथा बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरेको छ।

