काठमाडौँ । काठमाडौँको बुद्धनगरमा बाबुछोराबीच भएको घरायसी विवादपछि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ–१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएका हुन्।
प्रहरीका अनुसार बाबुछोराबीच घरायसी विषयमा विवाद भएपछि राउतले भान्सामा गएर आफ्नै शरीरमा आगो लगाएका थिए। घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। त्यस्तै, शुक्रबार सर्लाहीमा विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचार भइरहेको छ।

